फेसबूकले ह्वाट्सयापका लागि डिसअपीयरिङ मेसेज ल्याउने घोषणा गरेको भने यस्तै फीचर मेसेन्जरका लागि पनि जारी गरेको छ ।
अनि इन्स्टाग्राममा पनि भ्यानिश मोड आउनेछ ।
मेसेन्जरमा भ्यानिश (गायब) मोड कुनै कुनै देशमा मात्र अप्डेटमार्फत दिइएको छ । तर यसलाई छिट्टै सबैतिर फैलाउन खोजिँदैछ ।
फेसबूकले आफ्नो आधिकारिक ब्लगमा लेख्यो, ‘मेसेन्जरमा भ्यानिश मोड जारी गर्न पाउँदा हामी उत्साहित छौं । यसअन्तर्गत तपाईंले आफैं गायब हुने मेसेज पठाउन सक्नुहुन्छ । तपाईंले इन्बक्समा मेसेज देखेर च्याटबाट हट्नेबित्तिकै मेसेज आफैं गायब हुन्छन् ।’
मेसेन्जरमा अप्डेट दिएपछि च्याट थ्रेडमा स्वाइप अप गर्दा तपाईं भ्यानिश मोडमा पुग्नुहुनेछ । फेरि स्वाइप गर्दा नर्मल मोडमा आइपुग्नुहुनेछ ।
यसले टेक्स्ट मात्र नभई जीआईएफ, स्टिकर्स र फोटोहरू पनि आफैं गायब बनाइदिन्छ ।
ह्वाट्सयापमा भएको यस्तो फीचरले सात दिनमा आफैं मेसेज डिलिट गरिदिन्छ ।
मेसेन्जरमा एकअर्कासँग कनेक्ट भए मात्र भ्यानिश मोड प्रयोग गर्न मिल्छ । कुन कन्ट्याक्टसँग भ्यानिश मोड एन्टर गर्ने भन्ने कुरा सेलेक्ट गर्न मिल्छ । भ्यानिश मोडमा कसैले स्क्रीनशट लियो भने त्यसको नोटिफिकेसन पनि तपाईंलाई आउँछ ।