
वायु सेवा सञ्चालकहरूको छाता संगठन वायु सेवा सञ्चालक संघ,नेपालले पुन: लकडाउन नगर्न माग गरेको छ ।
तिहार तथा छठपछि पुन: लकडाउनको हल्ला चलेको भन्दै संघले यसमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उसले भनेको छ– 'विगत ६ महिनाको बन्दाबन्दीपछि थोरबहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि शिथिल बनाउनेतर्फ लाग्नु सम्बन्धित निकाय आफ्नो जिम्मेवारीबाट पन्छिनु मात्र हो ।'
कुनै पनि बहानामा गरिने लकडाउनप्रति आफ्नो विमति रहने संघले जनाएको छ ।
हेर्नुहोस्, विमति :
