२१ असार २०८३, आइतबार

जिप लाइनमा बढ्यो पर्यटकको आकर्षण

कात्तिक २८, २०७७
जिप लाइनमा बढ्यो पर्यटकको आकर्षण

कैलालीको चिसापानीस्थित कर्णाली नदीमा ‘जिप लाइन’ सेवा सञ्चालनमा आएपछि यहाँ पर्यटकको आकर्षण बढेको छ ।

सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारसमेत रहेको कैलालीको चिसापानीमा सो सेवा सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।

जिप लाइनको आनन्दको अनुभव लिनको लागि पछिल्लो समय पर्यटक चिसापानी पुग्ने गरेका छन् । यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटक समेत आएर आनन्द लिने गरेका छन् ।

सामाजिक सञ्जालमा भिडियो र फोटा देखेर आफू यो ठाउँमा आएको धनगढीका झलक दवाडीले बताए ।  जिप लाइन सेवा कर्णाली नदीको किनारमा सञ्चालनमा ल्याइएको छ ।

करिब १३० मिटर लामो लाइन अन्तर्राष्ट्रिय मापदण्डअनुसार निमार्ण गरिएको छ । साहसिक खेल जिप लाइनको मज्जा लिन अहिले दैनिक पर्यटकले भीड लाग्ने गरेको छ ।

पहिलोपटक नयाँ खेलका अनुभव लिएको काठमाडौँबाट चिसापानी पुगेको अपार बिक्रम खाँडले बताए । अहिले साहसिक खेल जिप लाइन अनुभव लिन दैनिक २०० देखि ३०० जना आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् । करिब रु १० लाख लागतमा २०७६ सालको माघदेखि जिप लाइन सेवा सञ्चालनमा ल्याइएको हो । एक व्यक्तिले एक पटक जिप फलाइन गरेकोमा रु २०० शुल्क तिर्नुपर्ने हुन्छ ।
     
महोन्याल गाउँपालिकाको वडा नं ७ पितमारीको कर्णाली नदीको छेउमा जिप लाइन सञ्चालनमा ल्याइएको छ । केही वर्ष विदेश बसेका कैलाली लम्कीका युवा तपेन्द्र रावलले जिप लाइन सेवा सञ्चालनमा ल्याएका हुन् ।

चिसापानी एड्भेञ्चर रिपोर्टले चिसापानी क्षेत्रमा घुम्न आउने पर्यटकका लागि साहसीका खेलको मनोरञ्जन दिने उद्देश्यले जिप लाइन सेवा सञ्चालनमा ल्याइएको तपेन्द्र रावलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्