१० साउन २०८३, आइतबार

सानिमा बैंकको १६ औं साधारण सभा सम्पन्न

कात्तिक २८, २०७७
सानिमा बैंकको १६ औं साधारण सभा सम्पन्न

सानिमा बैंक लिमिटेडले कार्तिक २८ गते शुक्रवारका दिन १६ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमाभित्र शेयरधनीहरू सभामा प्रत्यक्ष उपस्थित भई बाँकी शेयरधनीहरूको उपस्थितिका लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो । 

बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पूँजीको १० प्रतिशत वोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

आर्थिक वर्ष २०७६र७७ मा रु। १।७८ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु। १२६।३१ अर्ब, कुल निक्षेप रु। ११०।१० अर्ब तथा खुद कर्जा सापटी रु ९३।६९ अर्ब रहेको छ । आर्थिक वर्ष २०७५र७६  को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १९।३०, १२।२९, र १५।८१ प्रतिशतले वृद्धि गरेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् । 

बैंकको वित्तीय परिसूचक (असार मसान्त २०७७०)


 

salt training

कमेन्ट गर्नुहोस्