सानिमा बैंक लिमिटेडले कार्तिक २८ गते शुक्रवारका दिन १६ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमाभित्र शेयरधनीहरू सभामा प्रत्यक्ष उपस्थित भई बाँकी शेयरधनीहरूको उपस्थितिका लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो ।
बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पूँजीको १० प्रतिशत वोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७६र७७ मा रु। १।७८ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु। १२६।३१ अर्ब, कुल निक्षेप रु। ११०।१० अर्ब तथा खुद कर्जा सापटी रु ९३।६९ अर्ब रहेको छ । आर्थिक वर्ष २०७५र७६ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १९।३०, १२।२९, र १५।८१ प्रतिशतले वृद्धि गरेको छ ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
बैंकको वित्तीय परिसूचक (असार मसान्त २०७७०)