०७ साउन २०८३, बिहीबार

बाहुबलीका केही स्पेशल इफेक्ट्स, थाहा पाउँदा छक्क परिन्छ

कात्तिक २०, २०७४
बाहुबलीका केही स्पेशल इफेक्ट्स, थाहा पाउँदा छक्क परिन्छ

भारतीय सिनेमामा कैयौं कीर्तिमान कायम गर्न सफल बाहुबलीका दुवै भागका स्पेशल इफेक्टहरूको पनि बजारमा खुबै चर्चा छ । ठूलाठूला झरना, पानीमा डुबेकी शिवगामी देवीको हातमा बच्चा तथा तमन्ना र प्रभासले अग्ला पहाडमा गरेको रोमान्सले दर्शकलाई धेरै प्रभावित गरेको थियो ।


माथि उल्लेख गरिएका शटहरू बाहुबली १ मा थिए । बाहुबली २ मा पनि सुन्दर र भव्य भिएफएक्सको प्रयोग भएको छ । यी स्पेशल इफेक्टका लागि ३५ भन्दा बढी देशी तथा विदेशी स्टुडियोबाट सहायता लिइएको थियो ।

बाहुबली २ मा माहिष्मती राज्यको ठूलो झरनामा बनेको हात्तीको पुलको चर्चा जताततै छ । यसलाई कम्प्युटर ग्राफिकको मद्दतले बनाइएको थियो । अनि प्रभास र अनुष्का शेट्टीमाथि छायांकन गरिएको सेतो रंगको हाँसको डुंगाका लागि हाँसको आकारको काठको सेट बनाइएको थियो ।

कटप्पाले बाहुबलीलाई मारेको दृश्यका लागि पनि भिएफएक्सको मद्दत लिइएको थियो ।

बाहुबली २ मा भिएफएक्स सुपरभाइजर आरसी कमलकन्नाका अनुसार कटप्पाले बाहुबलीलाई मार्ने सिनमा कम्प्युटरको सहायताले तरवार आरपार गराउन र दुई अभिनेता कसरी उभिन्छन् त्यसको बारेमा धेरै योजना बुनेर दृश्य तयार पारिएको थियो ।

फिल्ममा मन्त्रीहरू दरबारमा बसेको दृश्य केही सेकेन्डको भएपनि यसलाई तयार पार्न दुई महिना खर्च भएको थियो ।

बाहुबली १ मा पानीमा डुबिरहेकी शिवगामी देवीको हातमा बच्चा बोकेको सिन धेरै चर्चित भएको थियो । दृश्य खिच्ने बेलामा पानीमा बच्चाको ठाउँमा पानीको बोतल प्रयोग गरिएको थियो । भिएफएक्सको सहायताले यो दृश्य तयार पार्न कैयौं दिन लागेको थियो ।

बाहुबली २ मा सैनिकहरू हावामा उड्ने सिन चर्चित भएको थियो । यसलाई ग्रीन म्याट वा क्रोमामा शूट गरिएको थियो । यसका लागि एउटा सानो पर्खाल बनाइयो र कम्पुटर ग्राफिक तयार पार्न पाँच महिना लाग्यो ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्