
काठमाडौं, ३१ वैशाख –लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आइतवार विहान ७ बजेदेखि मतदान सुरु भएको छ । नेपाल प्रहरीका अनुसार अहिलेसम्म शान्ति सुरक्षाको अवस्था सामान्य छ ।
नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको बताए । ‘मतदानको क्रममा कुनै अप्रिय घटना भएको जानकारी आएको छैन,’ खनालले लोकान्तरसँग भने ।
निर्वाचनका क्रममा शान्तिसुरक्षा कायम गर्न सरकारले झण्डै ६८ हजार प्रहरी परिचालन गरेको छ ।
आइतवार ३४ जिल्लाबाट झण्डै ५० लाख मतदाताले मतदान गर्दैछन् ।