काभ्रे ३१ वैशाख– मोटर साइकलमा आएको अज्ञात समूहले चलाएको गोली लागि काभ्रेको नमोबुद्धमा एक जना सर्वसाधारणको मृत्यु भएको छ ।
गए राती अपरिचित व्यक्तिले सशस्त्र प्रहरीलाई लक्षित गरी गोली चलाउँदा नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मिथिनकोटका ३१ बर्षका नवराज पाठकको मृत्यु भएको हो ।
गस्तीमा रहेको सशस्त्र प्रहरीलाई लक्षित गरी चलाएको गोली घरमा बसिरहेका पाठकलाई लागेको थियो । गोली लागि घाइते भएका पाठकको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
गस्तीमा रहेको प्रहरीले मोटरसाइकलमा आएका युवालाई रोक्न खोज्दा प्रहरीमाथि गोली चलाएको काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल बहादुर थापाले लोकान्तरलाई जानकारी दिए ।
काभ्रेको घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले लोकान्तरलाई जानकारी दिए ।