०६ साउन २०८३, बुधबार

नेकपा बैठक एक घण्टादेखि बालुवाटारमा जारी

नेकपा बैठक एक घण्टादेखि बालुवाटारमा जारी

पार्टी भित्रको विवाद जटिल मोडमा पुगेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

दिउसो १ बजे शुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका सचिवालयका सबै सदस्य उपस्थित छन् । २ बजेसम्म बैठक जारी छ ।

लामो समयको कसरतपछि कात्तिक २८ गते शुक्रवार केही समयका लागि नेकपा सचिवालय बैठक बसेको थियो । शुक्रवारको बैठकमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई ७ पेज लामो पत्र र राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो ।

नेकपा बैठकअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलवार भेटेर दुई अध्यक्ष मिलेर अघि बढ्न सुझाव दिएकी थिइन । 

राजदूत सिफारिश, मन्त्रिपरिषद् विस्तारलाई लिएर नेकपामा चुलिएका विवाद प्रचण्डको पत्रसँगै नयाँ चरणमा प्रवेश गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्