काठमाडौं, ३१ वैशाख –निर्वाचनको दिन आइतवार बेलुकी ७ बजेसम्म सडकमा यातायातका साधन अवरुद्व हुने भएका छन् । निर्वाचनमा अवरोध नहोस् भन्ने हेतुले सरकारले सवारी साधन आवागमनमा प्रतिवन्ध लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगबाट सवारी पास लिएकाबाहेकले निर्वाचनको अवधिमा सवारी चलाउन पाउने छैनन् ।
निर्वाचनको अवधिका लागि ाकाठमाडौं उपत्यकामा ६ हजार सवारीलाईमात्रै अनुमति दिइएको छ ।
सरकारले निर्वाचनको समयमा सरकारी, सञ्चारमाध्यम, पर्यटक, पर्यवेक्षक, अध्यागमन विभाग, विदेशिने नागरिक, अस्पताल, इमरजेन्सीमामात्र सवारी पास दिएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।