काठमाडौं, ३१ वैशाख– पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज मतदान हुने दिन भक्तपुरको गठ्ठाघरमा बम फेला परेको छ ।
गठ्ठाघर चोकमा भेटिएको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरेको छ । बम कसेले राखेको हो भन्नेबारे खुलेको छैन ।
यद्यपी स्थानीय चुनाव विथोल्ने अभियानमा लागेको नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।