काठमाडौं ३१ वैशाख - दुई दशकपछि भएको स्थानीय तहको चुनावमा सर्वसाधारणको उपस्थिती उत्साहपूर्ण देखिएको छ । मतदानका लागि मतदाताहरु बिहानै देखि लाइनमा बसेका थिए ।
आइतवार प्रदेश नम्बर ३, ४ र ६ मा भएको निर्वाचनमा सर्वसाधारण जनताले उत्साहपूर्ण सहभागिता जनाएका छन् । मतदान गर्न पाउदा खुसी लागेको मतदाताको प्रतिक्रिया छ । तर झण्झटिलो प्रक्रियाका कारण मतदान गर्न कठिन भएको उनीहरुले गुनासो गरेका छन् ।
मतदान साँझ पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ