२७ जेठ २०८३, बुधबार

जर्मनीमा लकडाउनको विरोधमा प्रदर्शन, ट्यांकमा चढे प्रदर्शनकारी

मंसिर ४, २०७७
जर्मनीमा लकडाउनको विरोधमा प्रदर्शन, ट्यांकमा चढे प्रदर्शनकारी

कोरोनाभाइरसको दोस्रो लहर रोक्नका लागि लकडाउन लगाइएको विरोधमा जर्मनीमा हजारौं मानिसले प्रदर्शन गरिरहेका छन् । 

उनीहरूले लकडाउन लगाउने जर्मन चान्सलर एंगेला मर्कलको निर्णयको विरोध गरेका छन् । 

प्रदर्शनकारीलाई तितरबितर पार्न दंगा प्रहरी खटाइएको छ । प्रहरीले पानीको फोहरा प्रहार गरेर प्रदर्शनकारीहरूलाई भगाउने प्रयास गरे । 

एउटा प्रदर्शनकारी त सोभियत संघको पालाको टी३०० ट्यांकमा चढे अनि लकडाउनको विरोध गर्न थाले । 

जर्मन प्रहरीले चेतावनी दिएको भए पनि भीडले मास्क लगाएन । लकडाउन उल्लंघन गर्नेहरूलाई प्रहरीले हिरासतमा लिएको छ । 

प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा प्रहार गर्दा उनीहरू कुरीकुरी भन्दै नारा लगाए । प्रदर्शनकारीहरूले सडकबाट हट्न पनि अस्वीकार गरे । पछि प्रहरीले केही मानिसलाई टाढा पुर्‍यायो । 

लगभग पाँच हजार प्रदर्शनकारीहरू बर्लिनको ब्रान्डेनबर्ग गेट पुगेका थिए । सरकारले लकडाउन लगाएर तानाशाही देखाएको उनीहरूले आरोप लगाए । 

केही प्रदर्शनकारीहरूले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको तस्वीर समेत बोकेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्