३० जेठ २०८३, शनिबार

एनपीएल क्रिकेट प्रतियोगिता गर्ने क्यानको निर्णय

मंसिर ४, २०७७
एनपीएल क्रिकेट प्रतियोगिता गर्ने क्यानको निर्णय
प्रतिकात्मक तस्वीर

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिने छ ।  

क्यानको बुधवार भएको भर्चुअल वार्षिक साधारण सभाले एनपीएल आयोजना गर्ने निर्णय गरेको हो ।

क्यानको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटको हितअनुकूल केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको सम्झौता प्रक्रिया अघि बढाउन जिम्मेवारी दिइएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

क्यानको २०७०/७१ देखि २०७५/७६ सम्मको वार्षिक लेखापरीक्षणको प्रतिवेदनलाई वार्षिक साधारण सभाले पारित गरेको छ । क्यानले २०७६/७७ को लेखा परीक्षण गर्ने जिम्मेवारी एबीएस एन्ड एशोसियट्सलाई दिने निर्णय गरेको छ । 

आव २०७७/७८ को कार्यक्रम तथा बजेट निर्माण गर्दै अघि बढ्न सभाले केन्द्रीय कार्यसमितिलाई निर्देशन दिएको छ । ५ वर्षे रणनीतिक योजना निर्माण गर्न तथा त्यसलाई अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) समक्ष पेश गर्न साधारणसभाले केन्द्रीय समितिलाई निर्देशन दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्