२९ असार २०८३, सोमबार

नेपाल बैंकको ८४औं वार्षिकोत्सव सम्पन्न

नेपाल बैंकको ८४औं वार्षिकोत्सव सम्पन्न

देशको बैंकिङ्ग इतिहासको आधार स्तम्भको रुपमा रहेको नेपाल बैंक लिमिटेडको ८४औं वार्षिकोत्सव समारोह भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । 

८३ वर्ष अघि विक्रम सम्वत १९९४ कार्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापित,  बै‌ंकको वार्षिकोत्सव  शनिवार अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

अर्थमन्त्री पौडेलले बैंकले विगत १ बर्षमा स्थापना/पुनःस्थापना गरेका २६ वटा शाखा र ७ वटा एक्सटेन्सन काउन्टरको उद्घाटन र बैंकको वार्षिकोत्सव विशेषाङ्क २०७७ विमोचन समेत गरे।

समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बैकिङ्ग प्रणालीमा नेपाल बैंकले आफुलाई अग्र स्थानमा उभ्याउन सफल हुनेछ भन्ने आशा र विश्वास व्यक्तगर्दै शुभकामना दिए  ।

उक्त समारोहलाई सम्बोधन गर्दै विशिष्ठ अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्योग व्यवसायको विकास र रोजगारी सृजनामा ठूलो योगदान पुर्‍याएको यस बैंकको नेपाल सरकारबाट लागूभएका विभिन्न कार्यक्रमहरुको कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका रहने आशा र विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्