
कान्तिपुर दैनिकमा कार्यरत पत्रकार तथा चलचित्र समिक्षक गोकर्ण गौतमको निधन भएको छ ।
बिहीवार बिहान ९ बजे न्यूरो अस्पताल बासबारीमा उनको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
हेटौंडा घर भई लामो समयदेखि काठमाडौंमा बस्दै आएका उनलाई ‘ब्रेन हेम्ब्रेज’को शंका देखिएपछि मंगलवार बासबारी न्यूरो अस्पताल भर्ना गरिएको थियो । बुधवार शल्यक्रिया भएको थियो । तर शल्यक्रिया असफल भएको बुझिएको छ ।
त्यसअघि उनी नर्भिक अस्पतालमा चेकजाँचका लागि गएका थिए, नर्भिकले मंगलवार फलोअपका लागि बोलाए पनि सोमवार अत्याधिक टाउको दुखेपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो ।