साताको अन्तिम कारोबारको दिन बिहीवार शेयर बजारमा कारोबार रकममा ऐतिहासिक वृद्धि भएको छ ।
यस दिन शेयर बजारमा ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जुन हालसम्मकै ठूलो कारोबार रकम हो ।
यस दिन नेप्सेसूचक ३६.३२ अंकले बढेर १७७.१२ विन्दुमा पुगेको छ।
१९८ वटा कम्पनीको १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन ४ अर्ब ७९ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो ।
यस दिन कारोबारमा आएका १२ वटै उपसमुहको सूचक सकारात्मक देखिएको छ जसमा व्यापार र होटल उपसमूहको सूचक ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
नेप्सेका अनुसार, यस दिन १५ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ४१ करोड ८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।