२५ जेठ २०८३, सोमबार

नेपाल प्रहरीमा १ एआईजी र ५ डीआईजीको दरबन्दी थप

नेपाल प्रहरीमा १ एआईजी र ५ डीआईजीको दरबन्दी थप

सरकारले नेपाल प्रहरीमा १ अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र ५ प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको छ ।

मन्त्रिपरिषद् बैठकले दरबन्दी थप गरेको पत्र गृह मन्त्रालयमा आइसकेको छ ।

संघीयता कार्यान्वयनका क्रममा प्रहरीको समायोजन लगायत जिम्मेवारी मिलानका लागि दरबन्दी थप गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । यसअघि प्रहरीमा ३ एआईजी र १४ डीआईजीको दरबन्दी थियो । अब प्रहरीमा एआईजी ४ र डीआईजी १९ हुने भएका छन् ।

थपिएको एआईजी दरबन्दीलाई प्रहरी मुख्यालयमा खटाउने जनाइएको छ । यसअघि सरकारले प्रहरी मुख्यालयमा २, साइबर ब्यूरोमा १, विमानस्थलमा १ वटा डीआईजीको दरबन्दी कटौती गरेको थियो । सरकारले प्रशासन तर्फका ३२ डीआईजीको दरबन्दी घटाएर १४ डीआईजीमा झारेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्