०१ असार २०८३, सोमबार

अज्ञात समूहले राखेको बम सेनाले गर्‍यो निष्क्रिय

मंसिर ४, २०७७
अज्ञात समूहले राखेको बम सेनाले गर्‍यो निष्क्रिय
प्रतिकात्मक तस्वीर

संखुवासभाको पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ ।

वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिए ।
 
बुधवार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम राखेको थियो । बेवारिसे बम बिहीवार बिहान ८ बजे बराह दल गुल्लको टोलीले निष्क्रिय पारेको प्रवक्ता बुढाथोकीले बताए । बम कसले र कुन उद्देश्यले राखेको भन्ने खुल्न नसके पनि पछिल्लो गतिविधिका आधारमा नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकताले राखेको हुनसक्ने प्रवक्ता बुढाथोकीको भनाइ छ । बम राख्ने समूहको खोजी तीव्र पारिएको बताइएको छ । 

खाँदबारी–वाना सडक खण्डमा शंकास्पद वस्तु देखेपछि स्थानीयले इलाका प्रहरी कार्यलय वानामा खबर गरेका थिए । संखुवासभामा मंसिर १ गते चैनपुर नगरपालिका–४ मैदानेमा चन्दका कार्यकर्ताबीच गोली हानाहान भएको थियो । घटनामा संलग्न भएका आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जनाएको छ ।

चन्द कार्यकर्ताले पछिल्लो समय संखुवासभामा आफ्नो गतिविधि बढाएपछि प्रहरीले पनि सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्