
इरानमा गत २४ घण्टामा १३ हजार २२३ जनामा थप व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएपछि कोरोना सङ्क्रमितको कुल संख्या ८ लाख १५ हजार ११७ पुगेको बिहीबार जनाइएको छ ।
गत २४ घण्टामा सङ्क्रमित भएको व्यक्ति मध्ये २ हजार ९३८ जनालाई भने अस्पतालमा भर्ना गर्ने पर्ने जनाइएको छ ।
इरानमा २४ घण्टा कोरोना भाइरस भाइरस सङ्क्रमणको कारण ४७६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ४३ हजार ४१७ जना पुगेको छ ।
इरानमा कोरोना भाइरस सङ्क्रमित मध्ये ५ लाख ८३ भन्दा बढी निको भएका पनि समाचारमा जनाइएको छ ।