
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले मास्क लगाउनु भनेको राजनीति गर्नु नभएको बताएका छन् ।
कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा शुक्रवार उनले यस्तो बताएका हुन् ।
उनले मास्क लगाउनु राजनीति गर्नु नभई देशप्रतिको कतव्र्य भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, मास्क लगाउनु भनेको राजनीति गर्नु होइन, देशप्रतिको कर्तव्य निभाउनु हो ।
उनको यो भनाईको अहिले निकै प्रसंशा भइहरेको छ ।
केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्कको बहिस्कार गरेका थिए ।
Wearing a mask isn't a political statement — it's a patriotic duty.
— Joe Biden (@JoeBiden) November 20, 2020