१० साउन २०८३, आइतबार

मोबाइलको निहुँमा दाइले गरे भाइको हत्या

मंसिर ५, २०७७
मोबाइलको निहुँमा दाइले गरे भाइको हत्या

भारतको राजस्थानमा मुटु कँपाउने घटना भएको छ ।

त्यहाँ १२ वर्षका एक बालकले आफ्नो दाइको मोबाइलको डेटा सकिदिएपछि रिसाएको दाइले भाइलाई चक्कु हानेर मारेका छन् । 

भाइलाई रगतपच्छे पारेर छोडेपछि दाइ घरबाट भागेका छन् । प्रहरीले दाइलाई पक्राउ गरेको छ । 

घटना बुधवार बेलुका भएको हो । रोय नामक बालकलाई दाइ रमनले घरको छतमा लगे अनि चक्कुले चारपटक आक्रमण गरे । 
 

रोय रगतको आहालमा डुबेको देख्दा आमा र दिदीहरू आत्तिए । हतारहतार अस्पताल लग्दा रोयलाई चिकित्सकहरूले मृत घोषित गरे । 

आरोपित रमनले परिवारको भरणपोषण गर्ने गरेको थियो । ऊ टेनिस सिकाएर पैसा कमाउँथ्यो । 

रमन र रोयका पिता कैलाशदान चारणले २३ वर्षअघि जापानी महिलासँग विवाह गरेका थिए । उनका तीन छोरी र दुई छोरा थिए । 

पाँच छोराछोरीमा रोय कान्छा थिए । 

रमनको मानसिक सन्तुलन ठीक नभएको भनी प्रहरीले बताएको छ । पिता कैलाशदानको पनि मानसिक स्थिति राम्रो छैन । 

भाइलाई चक्कु हानेपछि रमन घरबाट निस्कियो । घटनाको जानकारी पाउनेबित्तिकै प्रहरीले खोजतलाश गर्दा ऊ रेलवे स्टेसनमा डुलिरहेको भेटियो । अनि प्रहरीले उसलाई पक्राउ गर्‍यो । 
 

रोयको पोस्टमोर्टम गरेर परिवारलाई शव सुम्पिइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्