३० जेठ २०८३, शनिबार

एयर बसजस्ता लुम्बिनी-काठमाडौं चल्ने गाडी, यस्ता छन् विशेषता

मंसिर ५, २०७७
एयर बसजस्ता लुम्बिनी-काठमाडौं चल्ने गाडी, यस्ता छन् विशेषता

कोरोना भाइरस संक्रमणको समयमा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै सिद्धार्थ सार्वजनिक यातायात प्रालि. भैरहवाले अत्याधुनिक सुविधा सम्पन्न बस सेवा सञ्चालन गरेको छ । 

सिद्धार्थ सार्बजनिक यातायात प्रालिले देखी लुम्बिनी भैरहवा काठमाडाैं सुबिधा सम्पन्न बस सेवा सञ्चालनमा ल्याएको हो । कोभिडको समयमा बसको यात्रालाई सुरक्षित बनाउनका लागी बिभिन्न सुरक्षात्मक उपायहरु अपनाएर बस सेवा संञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष सन्जिब रोक्काले जानकारी दिए ।

बसमा यात्रा गर्दा महिला मैत्री र कोभिडबाट जोगिनका लागि सुरक्षात्मक उपायहरु अपनाएर सेवा सञ्चालन गरिएको उनले बताए । बिशेष गरी बस महिला मैत्री रहेको रोक्काले बताए । रातिमा यात्रा गर्ने महिलाहरुलाई छुट्टै सिटको व्यवस्था रहेकाले महिलाहरूका लागि बढी सुरक्षित रहेको उनले बताए । यात्राको क्रममा माक्स, पन्जा, सेनिटाइजर, खाजा लगायतको सेवा बसमा उपलब्ध गराएको बसका सञ्चालकले बताएका छन् ।

बस दैनिक सञ्चालन रहने छ । करिब ४ करोडको लागतमा ४ वटा बसबाट सेवा सुरु भएको हो । हरेक दिन साझ ७ बजे लुम्बिनीबाट बस सञ्चालन रहने छ । तीस सिट क्षमताको बसमा एका तर्फ दश वटा महिलाहरुको लागि सिंहल सिट रहेको छ । पछिल्लो समय कोभिडका कारण दुरी कायम गरी बस्नका लागि समेत बस उपयुक्त रहेको बसका सञ्चालकहरुको दाबी छ ।

समितिले सार्बजनिक सेवालाई गुणस्तरीय बनाउँदै लैजाने क्रममा नयाँ सुबिधा सम्पन्न एसी बस सेवा सञ्चालनमा ल्याएको हो । भैरहवामा निर्माणधिन विमानस्थल सम्पन्न भए लगतै भैरहवा लुम्बिनी स्तरीय बस सेवा सञ्चालनको तयारीमा प्रालि रहेको प्रालिका अध्यक्ष रोक्काले जानकारी दिए ।

लुम्बिनी भैरहवा बुटवल हुँदै काठमाडौंसम्म पहिलो पटक कोभिड–१९ लाई मध्यनजर गर्दै ३० सिटको ४ वटा बस सञ्चालनमा ल्याइएको रोक्काले बताए । टाटा कम्पनीको बसमा ४० सिट क्षमता भए पनि कोरोनाको जोखिमलाई ध्यानमा राख्दै ३० सिटको लक्जरियस बस सञ्चालन गरिएको छ । ‘उक्त बस महिला मैत्री समेत छ, जसमा १० सिट छुट्टै राखिएको छ,’ रोक्काले भने ।

भाडादर १ हजार तोकिएको सिद्धार्थ सार्वजनिक यातायात प्रालिका सल्लाहकार मनिष कुमार जोशीले बताए । लुम्बिनीदेखि सांझ ७ बजे, भैरहवाबाट रातीको ८ बजे र बुटवलबाट रातीको पौने ९ बजे छुट्ने गरी बसको तालिका तयार गरिएको छ । काठमाडौंबाट साँझको ७ बजेदेखि गाडी छुट्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्