१९ असार २०८३, शुक्रबार

चीनसँग ओबीओआर सम्झौतालाई भारतले रुचाएन, नेपालले दियो यो जवाफ

कात्तिक २०, २०७४
चीनसँग ओबीओआर सम्झौतालाई भारतले रुचाएन, नेपालले दियो यो जवाफ

काठमाडौं, ३१ वैशाख — भारतको विरोधका बाबजुद नेपालले चीनको वान बेल्ट वान रोड (ओबीओआर) परियोजनामा समावेश हुने निर्णयलाई सही ठह–याएको भारतको प्रभावशाली दैनिक नवभारत टाइम्सले लेखेको छ ।
छिमेकी भएको नाताले नेपालले चीनलाई बेवास्ता गर्न नसक्ने बताउँदै नेपालले चीन महान् आर्थिक शक्तिका साथसाथै छिमेकी पनि भएको बतायो ।


नवभारत टाइम्सको भगिनी अखबार द टाइम्स अफ इन्डियासँग कुरा गर्दै भारतका लागि नेपालका राजदूत दीप कुमार उपाध्यायले भने, ‘नयाँ दिल्लीले ओबीओआरमाथि उठाएको प्रमुख आपत्ति भनेको चाइना पाकिस्तान इकोनोमिक कोरिडोर (सीपीईसी) हो । तर नेपालले भारतलाई कहिल्यै पनि चोट पु–याउनेछैन र नेपालले चीनजस्तो आर्थिक महाशक्तिप्रति उदासीनता देखाउन पनि सक्दैन । नेपाललाई ठूलो मात्रामा विदेशी लगानी र विकास आवश्यक छ ।’

आज र सोमवार चीनको बेइजिङमा हुने ओबीओआर सम्मेलनमा भाग लिनका लागि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा त्यहाँ पुगिसकेका छन् ।

उपाध्यायले थपे, ‘हामी भारतले सीपीईसीको विरोध गरेको कुरा जान्दछौं तर नेपालले ओबीओआरमा भाग लिएर यो मुद्दामा कुनै पक्ष लिने छैन । दुवै देशले आपसी मतभेद मित्रतापूर्वक सुल्झाऊन् भन्ने हाम्रो इच्छा छ । भारत र चीनका बीच सुरक्षासम्बन्धी मुद्दामा नेपाल तटस्थ छ ।’

ओबीओआर अन्तर्गत दक्षिण एसियाका मुलुकमा चीनले लगानी गरेर विकासमा योगदान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्