२१ जेठ २०८३, बिहीबार

सभामुख सापकोटाले गराए नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

मंसिर ८, २०७७
सभामुख सापकोटाले गराए नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सोमवार आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले शपथ लिएका हुन् ।

सो अवसरमा सभामुख सापकोटाले नवनिर्वाचित सांसद् पाण्डेलाई सघीय संसद्को प्रतीकचिह्न प्रदान गर्दै बधाई ज्ञापन गरे । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।

सांसद सूूर्यबहादुर केसीको निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले उनलाई निर्वाचित गरेको हो । नेपाल विद्यार्थी संघबाट २०३७ राजनीतिमा प्रवेश गरेका पाण्डे २०६४ सालको संविधानसभा निर्वाचनमा स्याङ्जाबाट विजयी भएका थिए ।

शपथपछि सञ्चारकर्मीका जिज्ञासामा सांसद पाण्डेले लोकतन्त्रको सुदृढीकरण र संघीय संसद्को गरिमा बढाउने काममा केन्द्रित रहेर आफूले भूमिका खेल्ने प्रतिक्रिया दिए । उनले भने, ‘सदनको गरिमालाई उच्च बनाउँदै प्रतिपक्षको भूमिकालाई सशक्त बनाएर आमजनताका बीचमा जेजस्तो धारणा विकास भएको छ, त्यसलाई चिर्दै सशक्त प्रतिपक्षको उचाइ दिन म प्रयत्न गर्ने छु ।’

salt training

कमेन्ट गर्नुहोस्