२९ असार २०८३, सोमबार

चीन–पाकिस्तान आर्थिक कोरिडोरमा भारतले भाँजो हाल्न खोजेको पाकिस्तानको आरोप

मंसिर ८, २०७७
चीन–पाकिस्तान आर्थिक कोरिडोरमा भारतले भाँजो हाल्न खोजेको पाकिस्तानको आरोप

पाकिस्तानले चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपेक) परियोजनालाई भारतले निशाना बनाउने योजना बुनिरहेको आरोप लगाएको छ । 

पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले भने, ‘भारतले सीपेक परियोजनामा भाँजो हाल्न ८० अर्ब रुपैयाँ छुट्ट्याएको छ । तर पाकिस्तान र चीन मिलेर यसलाई कुनै पनि हालतमा सुरक्षित पार्नेछन् ।’

उनले थप बताए, ‘चीनलाई भारतको यो षड्यन्त्रको राम्रो ज्ञान छ । सीपेक परियोजनालाई हानि गर्ने सबै षड्यन्त्रलाई मिलेर विफल तुल्याउने भनी चीनले बयान दिइसकेको छ ।’

‘इस्लामिक देशहरूको संगठन ओआईसीको आगामी बैठकका हामी यो कुरा उठाउनेछौं । भारतले कस्तो खतरनाक खेल खेल्न लागेको छ, हामी संसारलाई सुनाउनेछौं ।’

कमेन्ट गर्नुहोस्