२२ जेठ २०८३, शुक्रबार

उहानमा मास्क पठाउन सहयोग गर्ने व्यवसायी सम्मानित

मंसिर ९, २०७७
उहानमा मास्क पठाउन सहयोग गर्ने व्यवसायी सम्मानित

छैटौं उद्योग दिवसका अवसरमा चीनको उहानमा कोभिड–१९ संक्रमण बढेका बेला नेपालका तर्फबाट सर्जिकल मास्क पठाउन सहयोग गर्ने व्यवसायीलाई सम्मान गरिएको छ ।

प्रेमसिद्धि प्रालि काभे्रपलाञ्चोक साँगालाई मंगलवार धुलिखेलमा आयोजित कार्यक्रममा सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

चीनको उहानमा कोरोना फैलिई समस्या भएका बेला  प्रालिको संयोजनमा १ लाख १० हजार सर्जिकल मास्क सहयोगस्वरुप पठाइएको थियो ।

दिवसका अवसरमा कार्यालयले मंगलवार आयोजना गरेको कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले प्रालिका प्रोपाइटर सुकदेव जोशीलाई सम्मान गरेका हुन् । कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष कैलाश पलाञ्चोके, घरेलु तथा साना उद्योग महासंघ काभ्रेका अध्यक्ष सुवासचन्द्र श्रेष्ठ लगायतले कोरोनाका कारण उद्योग व्यवसायमा प्रभाव परेकाले यथोचित सम्बोधन गर्न माग गरेको कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनीले जानकारी दिए ।

सो अवसरमा कार्यालयबाट तालिम लिई विभिन्न घरेलु सामग्री निर्माण गरेका व्यवसायीले १ दिने प्रदर्शनी समेत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्