३० जेठ २०८३, शनिबार

बर्दिबासमा प्रहरीको गोली लागेका घाइतेको उपचारका क्रममा मृत्यु

मंसिर १०, २०७७
बर्दिबासमा प्रहरीको गोली लागेका घाइतेको उपचारका क्रममा मृत्यु

महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या भएको विरोधमा भइरहेको प्रदर्शनमा मंगलवार प्रहरीले चलाएको गोली लागेर घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ ।

घाइते न्यौपानेको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटवालले जानकारी दिए ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेलाई हेलिकप्टरबाट उपचारका लागि मंगलवारै काठमाडौं लगिएको थियो । न्यौपानेको तिघ्रामा गोली लागेको थियो ।

बर्दिबास नगरपालिकाका प्रमुख बिदुर कार्कीका अनुसार मृतक न्यौपाने बर्दिबास नगरपालिका–१ का स्थानीय वासिन्दा हुन् । उनी विगतमा चुरे भावर पार्टीमा आवद्ध थिए ।

विगतमा वन उपभोक्ता समितिका अध्यक्ष समेत भएका न्यौपाने अहिले व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका मेयर कार्कीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्