०९ असार २०८३, मंगलबार

वीरगञ्जमा पेस्तोल बोक्ने शिक्षक पक्राउ

मंसिर १०, २०७७
वीरगञ्जमा पेस्तोल बोक्ने शिक्षक पक्राउ

वीरगञ्ज महानगरपालिकाबाट मंगलवार राति प्रहरीले स्वचालित पेस्तोलसहित १ शिक्षकलाई पक्राउ गरेको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्र्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो ।
 
विशेष सूचनाका आधारमा दुर्गाटोलस्थित सिंहको घरमा छापा मारी खानतलासी गर्दा दराजको सेफ बक्समा लुकाइछिपाई राखिएको अवस्था पेस्तोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिए ।

उनले खोजतलासका क्रममा प्रहरीले अलमारीबाट पेस्तोलमा प्रयोग हुने म्यागजिन १ थान, नपड्काइएको गोली ४ थान र व्यक्तिलाई बेहोस पार्ने एनेस्थेतिक इथर १ बोतल बरामद भएको बताए । पक्राउ परेका शिक्षक सिंहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेकोे प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्