३० जेठ २०८३, शनिबार

नेपालमा चीनविरोधी गतिविधि भइरहेको ग्लोबल टाइम्सको दाबी

मंसिर ४, २०७७
नेपालमा चीनविरोधी गतिविधि भइरहेको ग्लोबल टाइम्सको दाबी

चीन सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले नेपालमा चीनविरोधी गतिविधि भइरहेको भनी लेखेको छ । 

मंगलवार अबेर राति छापिएको एडिटर्स नोटमा चीन–नेपाल र चीन–भुटान सीमा विवादको विषयमा झूटा खबरहरू आइरहेको र चीनको आलोचना भइरहेको भनी चिन्ता व्यक्त गरिएको छ । 

स्थानीय पर्यवेक्षक तथा ग्लोबल टाइम्सले सम्पर्क गरेका भित्रियाहरूले चीनको बदनामी गर्नका लागि जमीन मिचिएको आरोप लगाउनमा विदेशी हात रहेको बताएका छन् भनी लेखिएको छ । 

त्यसमा थप लेखिएको छ : 

स्थानीय पर्यवेक्षक र विज्ञहले यस्तो हल्ला फैलनुमा भारतीय सञ्चारमाध्यमहरू जिम्मेवार रहेको बताएका छन् । 

चीनले नेपाली भूमि मिचेको झूटो आरोप लागेसँगै चीन–भुटान सीमा विवाद पनि फैलियो । गत अक्टोबर महिनामा यो हल्ला फैलाइयो र पश्चिमी तथा भारतीय सञ्चारमाध्यमले यसलाई बढाइचढाइ गरेका छन् । 

मिडिया रिपोर्टहरूमा चीनले नेपालको १५० हेक्टर भूमि गाभेको दाबी गरेका छन् र त्यसलाई चीन र नेपाल दुवै देशका अनुसन्धानहरूले झूटो भनी प्रमाणित गरिसकेका छन् । 

अक्टोबर महिनामा सीमामा ११ दिनको भ्रमण गरेपछि राजनीतिक रूपमा परिचालित एक टोलीले हुम्ला जिल्लामा नेपाल–चीन सीमा मिचेको आरोप लगायो । 

उक्त टोलीको नेतृत्व नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले गरेका थिए । उनलाई स्थानीयहरूले अमेरिकी नीतिको अन्ध समर्थक पनि बताउने गरेका छन् । उनको दल नेपाली कांग्रेसले सीमा मिचिएको भन्ने टोलीको निष्कर्षलाई समर्थन गरेको छ र ऊ नेपालको संसदमा सबभन्दा ठूलो विपक्षी दल हो अनि उसलाई भारतसमर्थक मानिन्छ । 

जीवनबहादुर शाहीले आफ्नो टोलीको प्रतिवेदन सार्वजनिक भएपछि चीनले आक्रामक प्रतिक्रिया दिएकोमा आफूले त्रास अनुभव गरेको आइतवार बताए । 

‘नेपाल–चीन सीमा विषयमा उत्तेजना फैलाउने शाही हुन् । सरकारले चीनबाट मिचिएको छैन भनी धेरैपटक स्पष्ट पारिसकेको छ । नेपाल र चीनको सम्बन्ध सुमधुर नहोस् भनी चाहने केही शक्तिहरू छन् र शाहीले मिडियाको हल्लीखल्लीलाई अपनाएका हुन्,’ नाम खुलाउन नचाहने एक पत्रकारले ग्लोबल टाइम्सलाई बताए । 

जीवनबहादुर शाहीले स्नोल्यान्ड इन्टेग्रेटेड डिभेलोपमेन्ट सेन्टर नामक सामाजिक संस्था चलाइरहेका छन् जसलाई अमेरिकाले आर्थिक सहयोग उपलब्ध गराइरहेको छ । 

शाहीले अमेरिका र भारत सरकारका तर्फबाट चीनविरुद्ध गतिविधि सञ्चालन गर्ने अर्को संगठन पनि चलाउन लागेका छन्, नेपालका एक राजनीतिक पर्यवेक्षकले ग्लोबल टाइम्सलाई मंगलवार बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्