अविवाहित रहँदा स्वास्थ्यमा पर्छ यस्तो असर

मानवीय सम्बन्ध र स्वास्थ्य एकअर्कासँग जोडिएका कुरा हुन् । बिहेपछि मानिस मोटाउने गरेको कुरा याद गर्नुभएको होला । 

तर विज्ञहरू यसलाई अस्वीकार गर्छन् । प्रत्येक सम्बन्ध र व्यक्तिको व्यक्तित्व फरक फरक हुन्छ । वैज्ञानिकहरूका अनुसार, सिंगल रहनुको आफ्नै फाइदा र नोक्सानी छ । 


Advertisement

हेल्थ साइकोलोजी पत्रिकामा छापिएको एक अध्ययनअनुसार, बिहेको चार वर्षमा अधिकांश जोडीको तौल बढ्न थाल्छ । यसको एक कारण भनेको बिहेपछि मानिसहरू बेफिक्री हुन्छन् र एकअर्कासँगै रमाएर बस्छन् । 

अस्ट्रेलियाको बडी इमेज नामक पत्रिकामा छापिएको अध्ययनअनुसार, महिलाहरू बिहेअघि स्लिम रहने दबाबमा हुन्छन् भने बिहेको ६ महिनामा उनीहरूको तौल बढ्छ । अमेरिकाको मिनेसोटा विश्वविद्यालयका अनुसार, सिंगल साथीहरूको तुलनामा विवाहित पुरुष मोटा हुन्छन् । 


Advertisement

तर अमेरिकन कलेज अफ कार्डियोलोजीको एक अध्ययनअनुसार, विवाहित मानिसहरूको तुलनामा अविवाहित मानिसहरूलाई मुटुरोगको जोखिम ५ प्रतिशत बढी हुन्छ । अध्ययनले डिभोर्स लिएका मानिसलाई पनि मुटुको खतरा बढी हुने देखाएको छ । 

तर कुनै पनि अध्ययनले विवाहित रहनु मुटुका लागि राम्रो हुन्छ भनी स्पष्ट पारेको छैन । 
 

टेक्सस विश्वविद्यालयले ९ हजारजनामा गरेको अध्ययनमा विवाहित र सिंगल मानिसमा मुटुरोगको जोखिममा खासै ठूलो अन्तर देखिएन । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्