२९ असार २०८३, सोमबार

बैंकका गार्डलाई खुकुरी प्रहार गरी फरार भएको अभियोगमा एक व्यक्ति पक्राउ

मंसिर १०, २०७७
बैंकका गार्डलाई खुकुरी प्रहार गरी फरार भएको अभियोगमा एक व्यक्ति पक्राउ

नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई आज पक्राउ गरेको छ ।  

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ग्लोबल आइएमई बै‌ंकमा कार्यरत चौकीदारलाई खुकुरी प्रहार गरी फरार भएका भनिएका काठमाडौं थापागाउँका शशि थापालाई आज अपराह्न बानेश्वरबाट पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टले बैंकका गार्डलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेको अभियोगमा थापालाई पक्राउ गरिएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्