११ साउन २०८३, सोमबार

३ करोड ७१ लाख ठगीको अरोपमा नेपाल इञ्जिनीयरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपाने पक्राउ

मंसिर १०, २०७७
३ करोड ७१ लाख ठगीको अरोपमा नेपाल इञ्जिनीयरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपाने पक्राउ

नेपाल इञ्जिनीयरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

कलेजको अध्यक्ष रहँदा ३ करोड ७१ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाले जानकारी दिए ।

न्यौपाने विक्रम संवत् २०५६ असार १८ गतेदेखि २०५७ मंसिर ७ गते पहिलो कार्यकाल र २०७० मंसिरदेखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष हुँदा ठगी गरेको भन्दै उनीविरुद्ध नेपाल इञ्जिनीयरिङ कलेजले प्रहरीमा उजुरी दिएको थियो ।

उनी अध्यक्ष हुँदा २३ करोड १० लाख रुपैयाँ कलेजको बेरुजु भएको देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्