१९ असार २०८३, शुक्रबार

सक्रिय संक्रमित घट्दो क्रममा, १० हजार ५७५ जना होम आइसोलेशनमा

मंसिर ११, २०७७
सक्रिय संक्रमित घट्दो क्रममा, १० हजार ५७५ जना होम आइसोलेशनमा

पछिल्लो २४ घण्टामा देशभर एक हजार ६१४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ४९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ६४० महिला र ९७४ पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । परीक्षणअनुसार सङ्क्रमितको दर १३ दशमलब ४ रहेको बताइएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख २७ हजार ६४० पुगेको छ । पछिल्लो समय एक हजार ४२७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ९ हजार ४३५ पुगेको छ । निको हुने दर ९२ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । देशभर १६ हजार ७९३ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये १० हजार ५७५ होम आइसोलेशनमा छन् । संस्थागत आइसोलेशनमा रहेकामध्ये ३३३ जनाको सघन उपचार कक्ष र ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देशभर ६८० जना क्वारेन्टिनमा छन् । हालसम्म १७ लाखको पिसिआर परीक्षण भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४१२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्