१० साउन २०८३, आइतबार

नेपाललाई एडिबीको १८ अर्ब ऋण सहयोग

मंसिर १२, २०७७
नेपाललाई एडिबीको १८ अर्ब ऋण सहयोग

 एशियाली विकास बैंकले नेपाललाई करिब रु १८ अर्ब ४१ करोड (१५६ मिलियन) बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले आज जारी गरेको विज्ञप्तिअनुसार विद्युत् प्रसारण र वितरण प्रणालीलाई आधुनिकीकरण गर्दै भरपर्दो एवं विश्वसनीय बनाउन उक्त ऋण सहयोग उपलब्ध गराउन लागिएको हो ।

नेपालमा विद्युत्को पहुँच अधिक जनसङ्ख्यामा पुग्दै गएको उल्लेख गर्दै बैंकले वर्तमान र भविष्यका मागहरू पूरा गर्दै विश्वसनीय रुपमा आपूर्तिको गुणस्तर सुधार गर्न तथा वितरण प्रणालीको पहुँच बढाउन उक्त ऋण सहयोग प्रभावकारी हुने विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्