३१ जेठ २०८३, आइतबार

हजार फीटमाथि डोरीमा हिँडेर खतरनाक स्टन्ट (भिडियो)

मंसिर १६, २०७७
हजार फीटमाथि डोरीमा हिँडेर खतरनाक स्टन्ट (भिडियो)

रुसको राजधानी मस्कोमा एक हजार फीटमाथि डोरीमा हिँडेर सातजना व्यक्तिले विश्वकीर्तिमान कायम गरेका छन् । 

रुस, जर्मनी, फ्रान्स र क्यानडाका खेलाडीहरूले ११ सय ४० फीट माथिबाट हिँडेर कीर्तिमान बनाएका हुन् । 

रुसका सर्गे शाकुतोले भने, ‘यो लगभग असम्भव घटना हो किनकि रुसमा यसो गर्नका लागि अनुमति विरलै मात्र दिइन्छ । मैले ड्रोन क्यामराबाट यसको तस्वीर लिएको हुँ ।’

यस समूहले पहिलेको कीर्तिमान ३३० फीटले तोडेका हुन् । गिनिज वर्ल्ड रेकर्डका कर्मचारीहरू घटनाका बेलामा उपस्थित थिए । 

घटना केही समय अघिको हो । ओको टावर र नेभा टावर्सको बीचमा भएको हो । ओको टावर भवन युरोपको दोस्रो सबभन्दा अग्लो भवन हो भने नेभा टावर्स निर्माणाधीन छ तर बनिसकेपछि युरोपको सबभन्दा अग्लो भवन बन्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्