
सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले नेकपाभित्रको आन्तरिक द्धन्द्ध र सरकारको भ्रष्टचार देश बर्बादीको दिशामा गएको बताएका छन् ।
शनिबार बिहानमा बुटवलमा रिर्पोर्टर्स क्लबद्धारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहले नेकपाको राष्ट्रिय मुद्दामा नभई पदीय लडाइँ र झगडाले देश बर्बादीको अवस्थामा पुगेको बताए ।
‘नेकपाको झगडा पद र आर्थिक लोभका लागि हो । औषधि, जहाज खरिददेखि भ्रष्टाचारमा आरोप लगाएका नेताहरुलाई उक्काउन खोजिँदै छ । यसले देखिन्छ । सरकारको के गर्दै छ भन्ने कुरा’ शाहले भने । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका शाहले नेकपाले ५ वर्ष जनताको म्यान्डेड पाएको हुँदा नेपाली कांग्रेसले सत्ता साझेदारी नचाहेको बताए ।
शाहले बुटवलमा प्रदेशको राजधानी सार्न नेकपाका यस क्षेत्रका नेताहरुले मौन समर्थन जनाएको बताए । उनले भने, ‘यहाँ राजधानी सारिएकोमा हाम्रो खेद व्यक्त गर्दछु । फुटकर विषयले राजधानी साटन सकिँदैन ।’