
आइतवार एक दिने भ्रमणमा आउन लागेका चिनियाँ रक्षामन्त्री एवं राज्य परिषद् सदस्य वेइ फेङ्होले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने भएका छन् ।
आज (शनिवार) परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै फेङ्होले एक दिनको भ्रमणमा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने तालिका रहेको जनाएको छ । उनी आइतवार साँझ नै फर्कनेछन् ।