२४ असार २०८३, बुधबार

प्रचण्डको आरोपमा ओलीले जवाफी प्रतिवेदन पेश गर्दै, सचिवालय बैठक बालुवाटारमा शुरू

मंसिर १३, २०७७
प्रचण्डको आरोपमा ओलीले जवाफी प्रतिवेदन पेश गर्दै, सचिवालय बैठक बालुवाटारमा शुरू

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुप्रतिक्षित सचिवालय बैठक शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि शुरू भएको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले जवाफी प्रतिवेदन पेश गर्ने तयारी गरेका सचिवालयका एक सदस्यले जानकारी दिए । 

यसअघि कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई ७ बुँदे पत्र र राजनीतिक प्रतिवेदन पेश गरेका थिए । प्रचण्डको पत्रमा सचिवालयका बहुमत सदस्यले आफूहरूको पनि समर्थन रहेको बताउँदै आएका छन् ।

मंसिर ३ गतेको बैठकमा ओलीले प्रचण्डको आरोपको लिखित जवाफ दिने बताएका थिए । 

प्रचण्डले ओलीको कार्यक्षमतामाथि प्रश्न उठाउँदै सचिवालयमा पत्र पेश गरेका थिए । उनले ओलीमाथि पार्टी विभाजनका लागि अध्यादेश ल्याउन खोजेको, संसद विघठनको तयारी गरेको जस्ता आरोप लगाएका थिए । ती आरोपबारे लिखित जवाफ दिन ओलीले १० दिनको समय माग गरेका थिए । 

सचिवालय बैठकपछि नेकपाले मंसिर १८ गते स्थायी कमिटी र २८ गतेदेखि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । मंसिर १५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक २८ गतेसम्मका लागि सारिएको हो । प्रचण्डको प्रस्तावपछि नेकपा विवाद जटिल मोडमा पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्