
काठमाडौंमा जारी नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा ५८ प्रतिशत मत खसेको छ ।
विहान ९ बजेदेखि शुरु भएको मतदानमा १ बजे सम्म ५९ प्रतिशत मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।
समितिका अनुसार जिल्ला नगरतर्फ ५९ वटा मतदान भइसकेको छ । जिल्ला नगरमा कुल मत १०५ हो ।
यसैगरी एसोसिएटमा ६१२ मत अर्थात ५५ प्रतिशत भन्दा धेरै खसिसकेको छ । एसोसिएटमा ९०५ कुल मत रहेको छ । उता वस्तुगत संघमा १०१ मत रहेकोमा ६१ मत खसिसकेको छ ।
मतदान अपरान्ह ४ बजेसम्म जारी रहनेछ ।
कोरोना महामारीलाई ध्यानमा राख्दै महासंघले काठमाडौंको तीन ठाउँम मतदान स्थल बनाएको छ ।
एसोसिएट सदस्यहरूका लागि मतदान स्थल कार्की ब्याङ्क्वेट र वस्तुगत समूहका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदानको व्यवस्था छ ।
यस्तै कोरोना संक्रमित मतदाताहरूका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पनि मतदानको व्यवस्था मिलाइएको छ ।
वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा अध्यक्ष बन्दैछन् ।
गोल्छापछिको नेतृत्वमा आफू पुग्नका लागि पनि अहिले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारद्वय ढकाल र प्रधानबीच रस्साकस्सी चलिरहेको छ ।
मंसिर ११ गतेदेखि महासंघको ५४ औं साधारणसभा शुरू भएको हो ।