२३ असार २०८३, मंगलबार

महासंघको निर्वाचन : जिल्ला नगरतर्फको मतदान सकियो, वस्तुगत र एसोसिएटको जारी

मंसिर १३, २०७७
महासंघको निर्वाचन : जिल्ला नगरतर्फको मतदान सकियो, वस्तुगत र एसोसिएटको जारी

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिको निर्वाचनअन्तर्गत जिल्ला नगरतर्फको मतदान सकिएको छ ।  

नेपाल प्रज्ञा प्रतिस्ठानमा दिउँसो २ बजेसम्म जिल्ला नगरतर्फको मतदान चलेको थियो । 

जिल्ला नगरतर्फ कुल १ सय ५ मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृति उपेन्द्र केशरी न्यौपानेले लोकान्तरलाई जानकारी दिए । 

जिल्लानगर तर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहबाट दिनेश श्रेष्ठले उम्मेद्वारी दिएका छन् भने श्रेष्ठको प्रतिस्पर्धीमा चन्द्र ढकाल समुहबाट गुणनिधि तिवारी रहेका छन्।

यस्तै वस्तुगत तर्फको मतदान पनि अन्तिम चरणमा पुगेको छ । कुल १ सय १ मतमध्ये करिब ९० मत खसिसकेको प्रमुख निर्वाचन अधिकृत न्यौपानेको भनाइ छ । 

यस्तै एसोसियटतर्फ कुल ९ सय मतमध्ये करिब ६ सय ५० मत खसिसकेको उनले जानकारी दिए । 

शान्तपूर्वक मतदान भइरहेको छ, लोकान्तरसँग न्यौपानेले भने । 

बिहान ९ बजेदेखि शुरू भएको मतदान अपरान्ह ४ बजेसम्म जारी रहनेछ ।

कोरोना महामारीलाई ध्यानमा राख्दै महासंघले काठमाडौंको तीन ठाउँम मतदान स्थल बनाएको छ । 

एसोसिएट सदस्यहरूका लागि मतदान स्थल कार्की ब्याङ्क्वेट र वस्तुगत समूहका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदानको व्यवस्था छ ।

यस्तै कोरोना संक्रमित मतदाताहरूका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पनि मतदानको व्यवस्था मिलाइएको छ । 

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा अध्यक्ष बन्दैछन् । 

गोल्छापछिको नेतृत्वमा आफू पुग्नका लागि पनि अहिले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारद्वय ढकाल र प्रधानबीच रस्साकस्सी चलिरहेको छ ।

मंसिर ११ गतेदेखि महासंघको ५४ औं साधारणसभा शुरू भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्