२७ असार २०८३, शनिबार

ओलीको प्रश्न– कुन प्रचण्ड ‘सक्कली’ हो, कुन ‘नक्कली’ ?

मंसिर १३, २०७७
ओलीको प्रश्न– कुन प्रचण्ड ‘सक्कली’ हो, कुन ‘नक्कली’ ?

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चरित्रबारे टिप्पणी गरेका छन् । उनले प्रचण्डको व्यवहारले कुन सक्कली र कुन नक्कली प्रचण्ड भन्ने छुट्याउन गाह्रो भएको बताए । 

प्रचण्डले भदौ २६ को स्थायी कमिटी बैठकमा नेपालको नयाँ नक्सा प्रकाशन र त्यसको प्रयोजनको लागि संविधान संशोधनका लागि समेत सरकार र प्रधानमन्त्रीलाई धन्यवाद दिएको र पछि फेरि देशलाई क्षति पुर्‍याएको जस्ता विभिन्न आरोप लगाएको भन्दै उनले कुन सक्कली र कुन नक्कली प्रचण्ड हो भन्ने छुट्टाउन नसकेको बताएका छन् । 

उनले भनेका छन्, 'भदौ २६ गते सम्पन्न स्थायी कमिटीको पाँचौ बैठकले गरेको निर्णयको बुँदा १०.५ मा यस सम्बन्धमा भनिएको छ–‘यो बैठक नेपालको नयाँ नक्सा प्रकाशन र यस प्रयोजनका लागि संविधान संशोधन सहितको ऐतिहासिक निर्णयका लागि सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

यस निर्णयमा हस्ताक्षर गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दुई महिनापछि २०७७ कार्तिक २८ गते यस विषयमा मेरो निष्ठामाथि प्रश्न उठाउने, ‘राष्ट्रियतासँग सम्बन्धित विभिन्न विषयमा अनेक पटक फितलो देखिएको’, ‘विदेश मामला र कुटनीतिमा नेपालको स्वतन्त्र परराष्ट्र नीतिसँग मेल नखाने व्यवहार देखाउँदै... देशलाई क्षति पुर्‍याएको’ जस्ता आरोप लगाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्ये कुन चाहिँ सक्कली र कुन नक्कली हो, म साँच्चै नै कन्फ्युज्ड भएको छु ।'
 

salt training

कमेन्ट गर्नुहोस्