
प्रतिबन्धित नेकपाप्रति प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली कडा रुपमा प्रस्तुत भएका छन् । यस्तै ओलीले प्रचण्ड विप्लव नेतृत्वको नेकपाप्रति सँधै नरम रुपमा प्रस्तुत हुने गरेको पनि आरोप लगाएका छन् ।
‘समकालीन राजनीतिका कतिपय विषयमा तपाईंको दोहोरो, अस्पष्ट र अन्यौल ग्रस्त विचारले म घरिघरि चिन्तित हुन्छु’, ओलीले शनिबारको सचिवालय बैठकमा पेश गरेको आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘विप्लवले अगाडि बढाइरहेको हिंसा निन्दनीय हो । कि रातो झण्डाको आवरणमा भएकाले त्यसप्रति नरम हुन मिल्छ ? मिल्दैन भने, किन स्पष्ट भाषामा खण्डन र भत्र्सना गर्नुहुन्न ?’
व्यक्तिगत रुपमा विप्लवप्रति आफ्नो कुनै पूर्वाग्रह नरहेको भन्दै ओलीले हिंसा छाडेर शान्तिपूर्ण बाटोमा आए उनलाई स्वागत गरिने बताए ।