
जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमा अहंकार प्रष्टै झल्किएको बताएका छन् । नेकपाभित्र अव या प्रवृत्तिविरूद्ध निर्णायक संघर्ष गर्ने कि आत्मसमर्पण गर्ने भन्दा अर्को विकल्प नेकपाभित्र नदेखिएको भट्टराईले टिप्पणी गरेका छन् ।
‘ओलीको ५३ बुँदे दस्तावेज पढ्दा इतिहासका सबै निरङ्कुश, फासिष्ट शासकझैं आफूबाट कहिल्यै कुनै गल्ती–कमजोरी हुननसक्ने र आफ्नो शासनकाल स्वर्ण युग नै रहेको अहंकार प्रष्टै झल्कियो। अब अरूको निम्ति यो प्रवृत्ति विरूद्ध निर्णायक संघर्ष गर्ने कि आत्मसमर्पण गर्ने भन्दा अर्को विकल्प देखिएन है !’ भट्टराईले ट्वीटरमार्फत टिप्पणी गरेका छन् ।
भट्टराईले प्रधानमन्त्री ओलीको विभिन्न समयमा कडा आलोचना गर्दै आएका छन् ।