
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको सबै नतिजा आउन केही समय लाग्ने भएको छ । शनिबार राति यो समाचार तयार पार्दासम्म एसोसियटतर्फको मतगणना चलिरहेको छ भने वरिष्ठ उपाध्यक्ष पदको मतगणना नै सुरु भएको छैन ।
यसरी हेर्दा बीचम कुनै अवरोध आएन भने मतगणनाको सबै नतिजा आउन आइतबार बिहान २–३ बजेसम्मम लाग्ने देखिएको छ । निर्वाचन समितिका अनुसार एसोसियटको मतगणना हुन केही समय लाग्ने छ भने त्यसपछि मात्रै वरिष्ठ उपाध्यक्ष पदको मतगणना हुनेछ ।
अहिलेसम्म वस्तुगत र जिल्ला तथा नगरको सबै मत गणना सकिएको छ ।
महासंघको वरिष्ठ उपाध्यक्ष पदमामा किशोर प्रधान र चन्द्र ढकालको उम्मेदवारी रहेको छ । वरिष्ठ उपाध्यक्षमा विजयी हुने नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले यो पदमा कसले बाजी मार्ला भन्नेमा चासो रहेको छ ।