काठमाडौं, ३१ वैशाख –व्यवस्थापीय चुनौतीका कारण काठमाडौं महानगरपालिकाको मतगणना सोमवारदेखि हुने हुने भएको छ ।
महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले पर्याप्त तयारीको अभावमा आइतवार मतगणना गर्न नसकिएको बताए ।
सोमवार राजनीतिक दलसमेतसँग छलफल गरी मतगणना गरिने अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
पहिलो चरण अन्तर्गत काठमाडौंसहित ३४ जिल्लामा मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले केही स्थानमा आजै मतगणना गर्ने जनाए पनि अधिकांश स्थानमा सोमवारदेखि मतगणना सुरु हुनेछ ।