२८ जेठ २०८३, बिहीबार

चीनको नयाँ आविस्कार, विश्वको कुनै पनि कुनामा दुई घण्टामा पुर्‍याउने जेट इन्जिन

मंसिर १७, २०७७
चीनको नयाँ आविस्कार, विश्वको कुनै पनि कुनामा दुई घण्टामा पुर्‍याउने जेट इन्जिन

कोरोना महामारीका कारण शक्तिशाली देशहरु पनि चपेटामा परेका छन् । महामारीको सुरुवात भएको चीन भने शान्त देखिन्छ । तर, यहीबीचमा यहाँ अनेक आविष्कार भएका छन् ।

विश्व अर्थतन्त्रमा ठूलो असर परेको भन्दै कैयौं देशले ठूला ठूला प्राजेक्टहरु रद्द गरिरहेका छन् । तर, चीनले भने यही महामारीकै बीच मंगलबार चन्द्रमामा आफ्नो मानवरहित स्पेसक्राफ्ट उतार्यो ।

यति मात्र होइन, ध्वनिको गतिभन्दा पनि १६ गुणा तिव्र गतिमा उड्ने एक हाइस्पीड जेट इन्जिन पनि तयार पारेका छ । 

हालै निर्माण गरिएको यो इन्जिन विश्वमै एकमात्र भएको चीनले दाबी गरेको छ । यो जेट इन्जिन ध्वनिभन्दा १२ गुणा तिव्र गतिमा उड्नसक्ने बताइएको छ ।

यतिमात्र नभइ यो इन्जिन कुनै बिमानमा जडान गरियो भने, उक्त बिमानले विश्वको कुनै पनि कुनामा दुई घण्टामा पुर्‍याउन सक्ने दाबी गरेको छ । 

ध्यनिको गति १२३४.८ किलोमिटर प्रतिघण्टा हुन्छ । चीनको यो आविस्कारबाट साउथ चाइन मर्निङ पोस्टले खबर छापेको छ । चीनले यो इन्जिनको नाम सोडरन्जेट राखेको छ ।

चीनको राजधानी बेइजिङको एक सुरुङमा यो सुपर जेट इन्जिनको परीक्षण गरिएको छ । परीक्षणका क्रमा इन्जिनले सुरुङमा आफ्नो अधिकतम गति प्राप्त गरेको थियो ।

अनुसन्धानकर्ताका अनुसार परम्परागत रनवेमा उडान भर्ने विजमानमा पनि यो इन्जिन जडान गर्न सकिन्छ । जसबाट उनीहरूको उडान गति बढ्न सक्छ । 

यो जेटको सहयोगमा उडान भरिसकेपछि एक खास अरबिटमा पुग्ने र पुनः अवतरणका बेला पृथ्वीको वायुमण्डलमा आउनेछ । यदि अगाडिका परीक्षणमा यो इन्जिन सफल भयो भने यसको प्रयोग चिनियाँ सेनाले गर्नसक्ने पनि बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्