२४ जेठ २०८३, आइतबार

इलाममा ग्लोबल बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

मंसिर १७, २०७७
इलाममा ग्लोबल बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

ग्लोबल आइएमई बैंकले इलाम जिल्लाको माइजोगमाई गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप १ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३२ पुगेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट सेवाग्राहीले निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा निकाल्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्नेलगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले यस स्थानमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको बैकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्