×

NMB BANK
NIC ASIA

गोदावरीमा विवाहको जन्ती बोकेको गाडी दुर्घटना,बेहुला बेहुली सहित १३ जना घाइते

मंसिर १८, २०७७

NTC
Premier Steels

कैलालीको गोदावरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

Muktinath Bank

गएराती जन्ती बोकेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा परी बेहुला बेहुली सहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घाइते हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय दुलहा गोविन्द लुहार र बैतडीको दोगडाकेदार गाउँपालिका– की १९ बर्सिया दुलही  डम्मरा लावड,बेलौरी नगरपालिका वडा नम्बर ३ का वर्ष १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिस लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका–८ का १५ वर्षीय शेर लावड, दोगडाकेदार–६ बस्ने २० वर्षीय अर्जुन लुहार घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।


Advertisment
Nabil box
Kumari

यस्तै दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिका–३ बस्ने ७ वर्षीय प्रदीप चौधरी,बेलौरी नगरपालिका–३ का २७ वर्षीय निर्मल चौधरी, २५ बर्सिया राधा चौधरी, दोगडाकेदार गाउँपालिका–६ बस्ने ५० वर्षीय लक्षी लुहार, पुनर्वास नगरपालिका–३ बस्ने २१ वर्षीय राजु कार्की र चालक वीर बहादुर सार्की घाइते भएको उनले जानकारी दिए ।  

Vianet communication

प्रहरीका अनुसार घाइते १३ जना मध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेहरूको अत्तरियामा रहेको पदमा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x