
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीको डण्डाले आफ्नो करङ दुःखेको बताएका छन् ।
तनहुँमा पुल उद्घाटनका क्रममा भएको झडपमा पक्राउ परेका नेता पौडेलले प्रहरीले आफूमाथि डण्डा वर्षाएको बताएका छन् ।
बुधबार साँझ छुटेपनि प्रहरीले आफूमाथि करङ दुख्नेगरी डण्डा वर्षाएको बताएका हुन् ।
तीन घण्टा नियन्त्रणमा राखेर साँझ छाडे पनि उनले साँझ आफ्नो करङ दुखेको बताएका हुन् ।
ट्वीट गर्दै नेता पौडेलले भनेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साझ दुखेर आयो ।
’ यस्तै उनले बुधबारको तुलनामा आफ्नो करङ आज बढी दुःखेको बताएका छन् । ‘हिजो भन्दा आज दुखाइ बढी छ’, उनले भनेका छन् ।
साथै उनले सात दशकको प्रयासबाट प्राप्त गणतन्त्रमा प्रहरीको पेलानबाट छुटकारा मिल्न नसकेको बताएका छन् ।
‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन,’ उनले भनेका छन्, ‘असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’